हेटौंडा आँखा अस्पतालमा दुई सय जनाको निःशुल्क आँखाको शल्यक्रिया

बकैया दर्पण संवाददाता
२१ फाल्गुन २०७९, आईतवार ०९:२८

मकवानपुर । हेटौंडा आँखा अस्पतालमा दुई सय जनाको निःशुल्क आँखाको शल्यक्रिया भएको छ । रोटरी क्लब अफ काठमाडौं मिडटाउन र रोटरी क्लब अफ मकवानपुरको संयुक्त आयोजना मंगलबारबाट शुरु भएको निःशुल्क आँखा शिविरबाट भेटिएका मोतिबिन्दु लागेका २ सय २३ जनामध्ये दुई सय जनाको शल्यक्रिया भएको हो ।

रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष कृष्ण बहादुर कार्कीका अनुसार, मंगलबार रौतहट र सिन्धुलीमा ३ सय ९० जनाको परिक्षण गर्दा ७३ जना मोतिबिन्दुका बिरामी भेटिएका थिए । त्यसैगरी, बुधबार सर्लाही र सिन्धुलीमा ३ सय ८८ जनाको आँखा परिक्षण गर्दा ७६ जना मोतिबिन्दुका बिरामी भेटिएका थिए भने बिहीबार मकवानपुरको कैलाश र रौतहटमा भएको शिविरमा ४१० जनाको आँखा परिक्षण गरिएको थियो ।जसमध्ये ७४ जनामा मोतिबिन्दु भेटिएको थियो ।

उनीहरुको यातायात खर्च, बस्ने खाने खर्च रोटरी क्लबले व्यहोरेको कार्यक्रम संयोजक अन्जनी कुमार पराजुलीले जानकारी दिए । पराजुलीका अनुसार शिविरमा हेटौंडा आँखा अस्पतालले प्राविधिक सहयोग गरेको थियो भने रोटर्याक्ट क्लब अफ मकवानपुरले पनि आवश्यक सहयोग गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*