मकवानपुर प्रहरीद्वारा अवैध अफिम खेती नष्ट

बकैया दर्पण संवाददाता
१९ फाल्गुन २०७९, शुक्रबार १९:११

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकाका विभिन्न स्थानमा लगाइएको लागूऔषध अफिम खेती फडानी गरी नष्ट गरिएको छ ।प्रहरीले अफिम खेती नष्ट गर्ने अभियानअन्तर्गत राक्सिराङ गाउँपालिका वडा नम्वर ५ दुनिटार, बंकिङ एरियामा अन्दाजी ३ बिगाह १५ कठ्ठामा लगाइएको अफिम खेती फडानी गरेको हो ।

उक्त परिमाणको अफिम जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी नायव निरीक्षक अरबिन्द्र कुमार यादबको कमाण्डमा १६ जना र ईलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक कृष्ण राज ढकालको कमाण्डमा खटिएको ११ जना गरी २७ जनाको संयुक्त टोलीले फडानी गरी नष्ट गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*