बाग्मती सरकारले हात्तीको आक्रमणबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई १/१ लाख रुपैयाँ दिने

बकैया दर्पण संवाददाता
१६ फाल्गुन २०७९, मंगलवार २०:५५

मकवानपुर । हात्तीको आक्रमणबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई एक लाख रुपैयाँका दरले सहयोग गर्ने बाग्मती प्रदेश सरकारले निर्णय गरेको छ ।

मङ्गलवार बसेको मन्त्रिपरिषद्को बैठकले हात्तीको आक्रमणबाट ज्यान गुमाएका मनहरी ४ की ६४ वर्षकी राधा अधिकारी, बकैया ५ का सन्तलाल माझी र सिन्धुलीकाे कमलामाई १३ का ४० वर्षका डण्डपाणी पौडेलको परिवारलाई क्षतिपूर्तिस्वरूप १/१ लाख रुपैयाँ दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले जानकारी दिनुभयो । हात्तीकाे आक्रमणबाट अधिकारीको ८ गते, माझीको ११ गते र पौडेलको १३ गते ज्यान गएकाे थियाे ।

यसैगरी बैठकले प्रदेश सुशासन केन्द्रका निर्देशक विमल पोख्रेलले दिएको राजीनामा पनि स्वीकृत गरेको प्रवक्ता थपलियाले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*