बकैयामा मनाईयाे लदि पर्व

मसान उपासक
१६ फाल्गुन २०७९, मंगलवार २०:४०

मकवानपुर । नेपाल माझी उत्थान सङ्घ, मकवानपुरको आयाेजनामा माझीहरुकाे पर्व लदिकाे अबसरमा बिशेष कार्यक्रम गरेर मनाएको छ । माझी उत्थान सङ्घले सिमात बकैया नदिमा विशेष पुजाआजापछि बकैया-४ काे जुरेली खेल मैदानमा सांस्कृतिक कार्यक्रमसहित मनाएकाे हाे ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बाेल्दै मकवानपुर १ (क)का प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी (छिन्तु)ले सबै भाषा, कला र संस्कृतिको जगेर्ना हुनुपर्ने भन्दै पछिल्लो समयमा राज्यले केही हदसम्म भए पनि हेरेकोमा गर्व गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बिशिस्ट अतिथिको रुपमा बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले बकैयामा अब चाडैं लागुपदार्थकाे दुर्व्यसनी राेक्न पहलकदमी लिने बताउदै चाडपर्व र संस्कृति मनाउन मात्रै छुट दिने गरी पालिका अगाडि बढेको बताउनुभयाे । बकैयामा माझीहरुकाे उल्लेख्य जनसंख्या रहेकाे स्मरण गर्दै माझीहरुकाे उत्थानमा पालिकाले कुनै कसुर बाकी नराख्ने बताउनुभयो ।

कार्यक्रममा बकैया पालिका उपाध्यक्ष भक्तबहादुर खत्री, वडा अध्यक्षहरु मान बहादुर सिंतान, भुमलसिं घलान, माझी उत्थान सङ्घका केन्द्रीय सदस्य रामशरण माझी, राजनितीक दलका भुमिनन्द गाैतम, गाेपाल दाहाल, लाेकनाथ गाैतम, नारायण घिमिरेलगायतको आतिथ्यता रहेकाे थियाे ।

बकैया गाउँपालिकामा मात्रै सिमान्तकृत जातीकाे रुपमा रहेको माझी समुदाय करिव १० हजारकाे सङ्ख्यामा रहेका छन् । लदि पर्व माझी जातीले बिशेष गरेर नदि र पानीकाे पुजा गरेर मनाउने पर्व भएकोले यस पर्वले माझी जाती र पानीबिचकाे सम्बन्धलाई थप उजागर र स्थापित गर्ने जनविश्वास रहेको छ । यस पर्वमा विशेष तान्त्रिक विधि अनुसार नदिहरुमा पुजाआजा गरिने प्रचलन रहेको छ ।

नेपाल माझी उत्थान सङ्घ, मकवानपुरका अध्यक्ष लाेकेन्द्र माझीकाे सभाध्यक्षतामा कार्यक्रम भएको हाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*