कान्तिलोकपथ फागुन १८ गतेबाट पूर्ण रूपले बन्द हुने

बकैया दर्पण संवाददाता
१५ फाल्गुन २०७९, सोमबार २०:४५

मकवानपुर । हेटौंडा-काठमाडौं जोड्ने बैकल्पिक मार्ग कान्तिलोकपथ फागुन १८ देखि पूर्ण रूपले बन्द हुने भएको छ ।
मकवानपुर प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेको अध्यक्षतामा सोमबार बसेको बैठकले फागुन १८ गतेदेखि चैत १० गतेसम्म मर्मत सम्भारको लागि कान्तिलोकपथ दुईतर्फी आवागमन बन्द गर्ने निर्णय गरेको हो ।
बैठकले यो अवधिका लागि यातायात संचालन गर्ने बैकल्पिक मार्ग समेत तय गरेको छ । हेटौडा-काठमाडौं चल्ने साना सवारी साधनका व्यवसायीहरूले हेटौडाबाट काठमाडौं जान हेटौडा-भीमफेदी-कुलेखानी-सिस्नेरी-दक्षिणकाली रूट हुँदै एकतर्फी यातायात सेवा सञ्‍चालन गर्ने र काठमाडौंबाट हेटौडा आउन थानकोट-चित्लाङ-मार्खु (कुलेखानी)-भीमफेदी रूट हुँदै एकतर्फी सेवा सञ्‍चालन गर्ने निर्णय गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*