भाेली बकैयामा सार्वजनिक बिदा

बकैया दर्पण संवाददाता
१५ फाल्गुन २०७९, सोमबार १९:४२

मकवानपुर । फागुन १६ गते मंगलबार बकैया गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । माझी समुदायको लदी पुजा पर्वको उपलक्ष्यमा पालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गत फागुन ५ गते बसेकाे पालिका बैठकले गरेको निर्णय बमोजिम सार्वजनिक बिदा दिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठले जानकारी दिनु भएको छ । सोमबार सूचना सार्वजनिक गर्दै पालिकाले बकैया गाउँपालिका लगायत पालिकाका कार्यालयहरु बन्द हुने जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*