मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालको नवनिर्मित भवनको उद्घाटन

बकैया दर्पण संवाददाता
९ फाल्गुन २०७९, मंगलवार १५:३३

मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । उक्त भवनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी हुन् । संघीय सरकारको रु ३० करोड, प्रदेश सरकार र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको करिब ६ करोड गरी ३६ करोडको लागतमा नवनिर्मित तीन तल्ले भवनको आज एक कार्यक्रमबीच राष्ट्रपति भण्डारीले उद्घाटन गरेकी हुन् ।

नेपाली सेवाको हेटीकोप्टर मार्फत बिहान हेटौंडा आईपुगेकी भण्डारीले अस्पतालको भवन उद्घाटन् गरेकी हुन् । पुरानो भवनमा साँघुरो रुपमा बिरामीको उपचार गर्दै आएको अस्पतालमा अहिले भने नयाँ भवनबाट जनशक्ति समेत थप गरेर उपचार सेवालाई प्रभावकारी रुपमा अगाडि बढाइएको अस्पतालले जनाएको छ ।

उक्त नवनिर्मित भवनबाट अब इर्मेजेन्सी कक्ष, ओपीडी सेवा, प्रशुती कक्ष, विभिन्न रोगबाट प्रभावित बिरामीहरुलाई उपचारको लागि भर्ना गर्ने कक्ष, आइसियू कक्ष, भेन्टिलेटर सेवा, डाईलायिसिस् सेवा, एक्स्रे, अत्याधुनि प्रयोगशाला, फार्मेसी सेवा दिने लक्ष्य रहेको अस्पतालमा अध्यक्ष राजेश प्रसाईले जानकारी दिए ।

सो अस्पतालले अब चाँडै मृगौलाको प्रत्यारोपण, मुटु र पेट सम्बन्धी शल्यक्रिया उपचार सेवाहरु सुचारु गर्न बागमती प्रदेश सरकार र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले संघीय सरकार र सम्बन्धीत निकायलाई पत्राचार गरी कार्यान्वयन गर्ने तर्फ पहल भइरहेको मदन भण्डारी स्वास्थय विज्ञान प्रतिष्ठानका उपकुलपति डा.विश्वराज जोशीले बताए ।

वि.सं. २०१६ सालमा १२ शैयाबाट स्थापित भएको हेटौंडा अस्पतालमा २०२२ सालनमा हेटौंडा अस्पताललाई २२ शैयाको रुपमा स्तरोन्नती गर्दै हाल ३०० शैयाको अस्पताल संचालनमा ल्याइएको उपकुलपति जोशीले जानकारी दिए ।

सो अस्पतालमा बागमती प्रदेशको चितवन, मकवानपुर, धादिङ, सिन्धुलीसहित मधेश प्रदेशको पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरीलगायतका जिल्लाहरुबाट विभिन्न रोगका बिरामीहरु उपचार सेवा लिन आउने गरेको अस्पतालले जनाएको छ ।

अस्पताल भवन उद्घाटन कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ, हेटौंडा उपमहानगरपालिकाको प्रमुख मिनाकुमारी लामालगायतका मन्त्रीहरुको सहभागीता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*