बागमती प्रदेशको योजना आयोगको उपाध्यक्षमा होमनाथ चालिसे नियुक्त

बकैया दर्पण संवाददाता
२४ माघ २०७९, मंगलवार १७:३३

मकवानपुर । बागमती प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा होमनाथ चालिसे नियुक्त भएका छन् । प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले मंगलबार बिहान बसेको चालिसेलाई आयोगको उपाध्यक्ष पदमा नियुक्त गरेको हो । लुम्बिनी प्रदेशको बर्दियाका चालिसे जनसङ्ख्या र बुढ्यौलीविद् हुन् । हाल उनी ललितपुर बस्दै आएका छन् । उनी त्रिभुवन विश्व विद्यालयमा जनसङ्ख्या विषय अध्यापन समेत गराउँछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*