मकवानपुरगढीका पेमा दोङ झुण्डिएको अवस्थामा मृत फेला

बकैया दर्पण संवाददाता
२० माघ २०७९, शुक्रबार १९:३५

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्वर ५ आमभञ्ज्याङ (पेटीटोल) मा आज बिहान एक जनाको शव फेला परेको छ । स्थानीय बस्ने पेमा दोङ मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रहरीका अनुसार, २२ वर्षीय दोङ बिहान १०ः१० बजेको समयमा आफ्नै घरको सुत्ने कोठाको निदालमा नाम्लोको डोरीको पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेको हो । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*