सवारी दुर्घटना हुँदा पाँच जना घाइते

बकैया दर्पण संवाददाता
२० माघ २०७९, शुक्रबार १९:३०

मकवानपुर । धरान–चतरा सडकखण्ड अन्तरगत पर्ने मकवानपुर जिल्लाको बागमती गाउँपालिका वडा नम्वर ७ लामिटारस्थित आज बिहान सवारी दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । बिहान हेटौंडाबाट सिन्धुलीतर्फ जाँदै गरेको प्र.२–०३–००१ ख.६४३१ नम्वरको सिमेन्ट लोड गरेको बाह्र चक्के ट्रकले झुरझुरेबाट फापरबारीतर्फ आउँदै गरेको ना.४१ प.८५३२ नम्वरको पल्सर मोटरसाइकल र सोही दिशाबाट आउँदै गरेको ना.११प.१११४ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा पाँच जना घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ ।

घाइते हुनेहरुमा ना ४१ प ८५३२ नम्वरको मोटरसाइकल चालक बागमती गाउँपालिका–५ लालभिति बस्ने २९ वर्षीय आईते थिङ घिसिङ, सोही मोटरसाइकलमा पछाडी सवार क्रमशः ४० वर्षीय श्रीकृष्ण बिक र २२ वर्षीय देवान थिङ रहेको मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

यसैगरी, ना ११ प १११४ नम्वरको माटरसाइकल चालक बागमती गाउँपालिका–६ रातोमाटे बस्ने ४० वर्षीय राजकुमार सुयाल र सोही मोटरसाइकलमा पछाडी सवार स्थानीय फापरबारी बस्ने ३० वर्षीय रुपक परियार घाइते भएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*