विष सेवनबाट लक्ष्मण लोप्चनको मृत्यु

बकैया दर्पण संवाददाता
२० माघ २०७९, शुक्रबार ०९:४७

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ मयुरधाप बस्ने लक्ष्मण लोप्चनको विष सेवनबाट मृत्यु भएको छ । अन्दाजी ३५ वर्षीय लोप्चनको झार मार्ने प्याराकोईट नामक विष सेवनबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, लोप्चनले गत माघ ६ गते झार मार्ने प्याराकोईट नामक विषादी सेवन गरेका थिए । विष सेवनबाट गम्भीर बिरामी भएका उनलाई उपचारको लागि टिचिङ अस्पताल काठमाडौंमा लगिएकोमा थप उपचारको लागि के.एम.सी अस्पताल सिंनामगल रिफर गरिएको थियो ।

गम्भीर बिरामी उनलाई आफन्तले माघ १९ गते बिहीबार घर लैजान्छु भनि के.एमस.सी अस्पतालबाट हेटौंडा अस्पतालमा ल्याएको थियो । उनको उपचारको क्रममा बिहीबार अपराह्न सवा ४ बजेको समयमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*