मकवानपुरका माइला थिङको भिरबाट लडेर मृत्यु

बकैया दर्पण संवाददाता
१५ माघ २०७९, आईतवार ०८:०९

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्वर २ देउरालीमा शनिबार भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५५ वर्षीय माइला थिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, शनिबार अपराह्न साढे ४ बजेको समयमा बिहेमा गई घर फर्किने क्रममा भिरबाट लडेर उनको मृत्यु भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*