सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

बकैया दर्पण संवाददाता
१४ माघ २०७९, शनिबार १३:५७

मकवानपुर । पुर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ६ नयाँबस्तिमा शुक्रबार साँझ सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ जाते बस्ने ४० वर्षीय शंकरत्न तितुङ रहेको मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार, शुक्रबार साँझ पौने ७ बजेको समयमा हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ७ ख ८४७८ नम्वरको डिजल लोड ट्याङ्करले बिपरित दिशाबाट आउँदै गरेको ना १४ प ९९४३ नम्वरको मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकल चालक तितुङ गम्भीर घाइते भएका थिए ।

घाइते उनको गएराति नै चितवनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

प्रहरीले ट्याङ्कर र चालकलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*