हेटौंडामा नगर प्रमुख मीना कुमारी लामाद्धारा एकल महिला समूह मकवानपुरको भवन शिलान्यास

बकैया दर्पण संवाददाता
१२ माघ २०७९, बिहीबार १९:२१

मकवानपुर । मानव अधिकारका लागि महिला, एकल महिला समूह मकवानपुरको बिहीबार भवन शिलान्यास गरिएका छ । हेटौंडा उपमहानगरपालिका–११ थानाभर्यांगमा हेटौंडा उपमहानगरपालिकाको नगर प्रमुख मीना कुमारी लामाले शिलान्यास गरेकी हुन् ।

हेटौंडा उपमहानगरपालिकाकै १० लाख सहयोगमा निर्माण हुन लागेको भवन आगामी २०८० बैशाख ३० सम्म सम्पन्न गर्नुपर्ने लक्ष्य राखिएको मानव अधिकारका लागि महिला, एकल महिला समूह मकवानपुरकी कोषाध्यक्ष निर्मला पौडेलले जानकारी दिइन् ।

सो समूह मकवानपुरकी कार्यबाहक अध्यक्ष शान्ता बिकको अध्यक्षतमा भएको कार्यक्रममा हेटौंडा–११ की वडाध्यक्ष जुना दाहाल, –५ की वडा सदस्य रंजिता सिलवाल, नेपाल बार एसोशिएन मकवानपुरकी अध्यक्ष अप्सरा बस्नेत, समूहको महासचिव शारदा चौलागाईंलगगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*