हेटौंडा–५ भैरवरोडस्थित नेपाल विद्युत प्राधिकरणको केन्द्रीय स्टोरमा गएराती आगलागी

बकैया दर्पण संवाददाता
१२ माघ २०७९, बिहीबार ०९:३९

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर–५ भैरवरोडस्थित नेपाल विद्युत प्राधिकरणको केन्द्रीय स्टोरमा गएराती आगलागी भएको छ । गोदाममा करेन्ट सर्ट भएर आगालागी भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायवउपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार, गएराती साढे ९ बजेको समयमा भएको आगलागीबाट कती सामान काम नलाग्नेगरी र कती रकम बराबरको क्षति भयो भन्ने विवरण आउँन बाँकी रहेको छ । गोदामघरमा लागेको आगो प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र हेटौडा उपमहानगरको दमकलले करिब २ घण्टापछि नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*