नवनियुक्त बागमती प्रदेशका ८ जना मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ

बकैया दर्पण संवाददाता
११ माघ २०७९, बुधबार १७:१२

मकवानपुर । बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बुधबार प्रदेश प्रमुख कार्यालय हेटौंडामा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त ८ जना मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन ।

प्रदेश प्रमुख शर्माले आन्तरिक मामिला तथा कानून मन्त्री गंगा नारायण श्रेष्ठ, भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल ‘शरद’, सामजिक विकास मन्त्री कुमारी मोक्तान, कृषि तथा पशुपन्छी विकास मन्त्री केशवप्रसाद पोखरेल, श्रम रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठ, स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ, पर्यटन, उद्योग तथा सहकारी मन्त्री डम्बर बहादुर तामाङ र वन तथा वातावरण मन्त्री राजु बिष्टलाई शपथ ग्रहण गराएका हुन् । प्रदेशको मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया र खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्री उद्धव थापाले भने यसअघि पद तथा गोपनीयताको शपथ ग्रहण गरिसकेका छन् ।

बागमती प्रदेशमा यसअघि १४ वटा मन्त्रालय रहेको थियो । गत पुस २६ गते मुख्यमन्त्री जम्मकट्टेले मुख्यमन्त्रीको शपथ लिएसँगै मन्त्रालय संख्या हेरफेरका लागि गठित कार्यदलले मंगलबार मन्त्रालय घटाउने प्रतिवेदन पेश गरेको थियो । १५ दिनसम्म उक्त कार्यदलले प्रदेशको काम र व्ययभारका आधारमा ९ वा ११ वटा मन्त्रालय कायम गर्न सुझाव दिएको थियो । उक्त सुझावका आधारमा मुख्यमन्त्री जम्कट्टेलले ११ वटा मन्त्रालय कायम गर्ने गरी प्रदेश प्रमुख शर्मालाई सिफारिस गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*