आजबाट हेटौंडामा राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु हुने

बकैया दर्पण संवाददाता
११ माघ २०७९, बुधबार ०९:१०

मकवानपुर । हेटौंडामा आजबाट १० औं राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९ सुरु हुने भएको छ । उक्त मेला मकवानपुर उद्योग वाणिज्य संघको आगोजनामा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० स्थित सार्वजनिक मैदानमा सुरु हुने भएको हो । मेलाको आज बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले उद्घाटन गर्ने कार्यक्रम रहेको मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार अग्रवालले जानकारी छ ।

उनका अनुसार, महोत्सवमा करिब ३०० वटा प्रशर्दनी कक्षमा विभिन्न उत्पादित वस्तु र हस्तकलाको सामग्रीहरु प्रदर्शनमा राखिने भएको छ । सो महोत्सवको प्रदर्शनी कक्षमा कृषि उत्पादन, अटो मोबाइल, कम्प्युटर, विभिन्न कृषिको औजारहरुलगायत स्थानीय कृषकहरुले उत्पादन गरेका खाद्य सामग्रीहरु पनि राखिने भएको छ । मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारको मनोरञ्जनात्मक सांस्कृतिक प्रस्तुती दिने आयोजकले जनाएको छ ।उद्योग वाणिज्य संघले यसअघि २०७५ सालमा सोही स्थानमा ९ औं राष्ट्रिय मेलाको आयोजना गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*