सिद्धार्थ माध्यमिक विद्यालय हेटौंडा–२ को ४७ औं वार्षिकोत्सव सम्पन्न

बकैया दर्पण संवाददाता
८ माघ २०७९, आईतवार २०:३३

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ स्थित सिद्धार्थ माध्यमिक विद्यालयको ४७ औं वार्षिकोत्सव आईतबार सम्पन्न भएको छ । विद्यायलले माघ ५, ६ र ७ गते अतिरिक्त कार्यक्रम र आज ८ गते समापन कार्यक्रमको आयोजना गरी ४७ औँ वर्षिकोत्सव सम्पन्न गरेको हो ।

कार्यक्रम हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम घिमिरेको सभाध्यक्षतामा भएको हो ।

पुरस्कार वितरण तथा समापन कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १ का वडाअध्यक्ष सविन न्यौपाने, वडा नम्बर २ का वडाअध्यक्ष विष्णु गोपाल महर्जन, हेटौंडा उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, शिक्षा समन्वय ईकाई मकवानपुरका प्रमुख दिनानाथ गौतम,राष्ट्रिय परीक्षा बोर्डका प्रमुख कृष्ण प्रसाद घिमिरे, हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखा प्रमुख गंगाधर रिमाल, २ नम्वर वडा सदस्य रज बर्तौला, इन्द्र प्रसाद रिजाल, मैया परियार, विद्यालयका व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष मधु बजगाई, विद्यालय व्यवस्थापन समिति सदस्यहरुलगायत शिक्षक अभिभावकहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा गत शैक्षिक सत्रमा विद्यालय संचालन भएको मितिमा सबैभन्दा बढी उपस्थिति हुने शिक्षिका सृजना शर्मा र विद्यालयकी कर्मचारी लक्ष्मी न्यौपानलेलाई नगद सहित कदरपत्रले सम्मान गरिएको थियो ।

कार्यक्रममा विज्ञान प्रदर्शनी, चित्रकला प्रदर्शनी, दुना टपरी प्रदर्शनी र खाना महोत्सवको आयोजना गरिएको थियो । कक्षा–८ को पेसा विषय अन्तर्गत आयोजना गरिएको खाना महोत्सवमा प्रमुख अतिथी र अतिथिहरूको समेत सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*