सुस्मिता हत्या प्रकरणमा ससुरासहित चार जनालाई जन्मकैदको सजाय

बकैया दर्पण संवाददाता
७ माघ २०७९, शनिबार ११:०४

मकवानपुर । मकवानपुरको हेटौंडा–४ की २४ वर्षीया सुस्मिता केसी हत्या प्रकरणणमा संलग्न ४ जनाले हत्या गरेको ठहर गर्दै जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ ।

जिल्ला अदालत मकवानपुरले सुस्मिताको हत्या परिवारबाटै भएको ठहर गर्दै न्यायाधीश श्रीप्रसाद सन्जेलको शुक्रबार बसेको ईजलासले ससुरा, नन्दद्वय र ज्वाइँलाई जन्मकैदको फैसला सुनाएको हो। उनका ५८ वर्षीय ससुरा प्रकाश थापा, जेठी नन्द दुर्गा थापा, कान्छी नन्द सीता थापा र ज्वाइँ अरुण कार्कीलाई जनही २५ वर्ष जन्मकैद र सासु तुलसा थापालाई हत्याको मतियार ठहर गरी १० वर्ष कैदको फैसला सुनाएको जिल्ला अदालत मकवानपुरले जनाएको छ ।

सुस्मिताको २०७७ असार १ गते राति हेटौंडा–४ कर्रा स्थित घरमा विभत्स ढंगले हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*