मोटरसाइकल दुर्घटनामा परेर मकवानपुरका एक युवक घाइते

बकैया दर्पण संवाददाता
५ माघ २०७९, बिहीबार १५:४७

मकवानपुर । पुर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ९ रजैयामा आज बिहान सवारी दुर्घटना हुँदा एक युवक घाइते भएका छन् ।

बिहान ६ः४५ बजेको समयमा मनहरीतर्फबाट हेटौंडातर्फ आउँदै गरेको बा ६५ प ८७२५ नम्वरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घाइते हुनेमा मोटरसाइकल चालक मनहरी गाउँपालिका वडा नम्वर २ बस्ने १८ वर्षीय सुभाष स्याङतान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरीले नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, घाईते स्याङतानलाई उपचारको लागि चुरेहिल अस्पतालमा पठाइएको छ । प्रहरीले उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*