मकवानपुर मनहरीमा अटो दुर्घटना हुँदा एक जना घाइते

बकैया दर्पण संवाददाता
५ माघ २०७९, बिहीबार ११:११

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–३ कामीडाँडास्थित भित्री सडकखण्डमा बुधबार अटो दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।

बस्तिपुरबाट भुर्लुङटाडीतर्फ जाँदै गरेको ना २ ह १०५९ नम्वरको अटो आँफै अनियन्त्रित भएर सडकबाट करिब ६० मिटर तलखोल्सामा खसेर दुर्घटजा हुँदा एक जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा अटो चालक मनहरी गाउँपालिका–३ रातोमाटे बस्ने अन्दाजी ४५ वर्षीय निलकण्ठ पुडासैनी रहेका छन् । उनलाई उपचारको लागि हेटौंडास्थित चुरेहिल अस्पताल पठाएको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*