स्काउट शिक्षक भेला र पुनर्ताजगी तालिम सुरु नेपाल स्काउट हेटौंडा उपमहानगरपालिका समितिको संयोजन र हेटौंडा

बकैया दर्पण संवाददाता
२८ पुष २०७९, बिहीबार १९:४३

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा दुई दिने नगर स्तरीय स्काउट शिक्षक भेला र पुनर्ताजगी तालीम सुरु भएको छ । सिद्धर्थ माबिको सभाहलमा सुरु भएको कार्यक्रमको हेटौंडा उपमहानगरपालिका का मेयर मिना लामाले उद्घाटन गर्नु भएको थियोे ।

कार्यक्रममा बोल्दै नगर प्रमुख मिना लामाले नेपाल सरकारको निति बमोजिम एक बिद्यालय एक स्काउट युनिट संचालनका लागि नगरका हरेक बिद्यालयमा स्काउट शिक्षा अनिवार्य गर्ने र संचालनका लागि हरेक प्रकारको सहयोग गर्न तयार रहेको बताउनु भयो ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका कार्यकारी अधिकृत शिव प्रसद चौलागाईंले स्काउटिङ शिक्षा वर्तमान समयमा अपरिहार्य भएको र समाज परिवर्तनमा स्काउटको महत्त्वपूर्ण भुमिका रहने बताउनु भयो ।

हेटौंडा उपमहानगरपालिका शिक्षा शाखा प्रमुख गङाधर रिमालको सभाध्यक्षमा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका स्काउट समिति संयोजक दिपेन्द्र रोक्काले स्वागत मन्तव्य राख्दै कार्यक्रमका बारेमा प्रकाश पर्नु भएको थियोे ।

कार्यक्रममा नेपाल स्काउट बागमती प्रदेश सदस्य अशोक सारु , महेन्द्र राना , हेटौंडा उपमहानगरपालिका शिक्षा शाखाका राम चन्द खड्का ,रमेश बिडारी लगायतको उपस्तिथि रहेको थियोे ।

प्रशिक्षक अशोक सारु मगर, सुमित्रा लामा, नन्दलाल दाशले दिने तालीममा उपमहानगरपालिका भित्रका सस्थागत र सामुदायिक बिधालयका १०० बढी स्काउट शिक्षक एवं रोभर रेन्जरहरुको उपस्थित रहेको थियोे । कार्यक्रम भोलि सम्म संचालन हुने छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*