काठमाण्डौ उपत्यका, बुटवल र हेटौँडाको हावा स्वास्थ्यका लागि हानिकारक

मकवानपुर।  डढेलोका कारण काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा वायु प्रदूषण उच्च छ । उपत्यका आसपासका क्षेत्र र तराईका जिल्लामा डढेलोका घटना बढ्दा प्रदूषण बढेको मौसमविद् वरुण पौडेलले बताउनुभयो । उहाँका अनुसार अन्य क्षेत्रमा भन्दा काठमाण्डौ उपत्यकामा प्रदूषण धेरै छ ।...

आजदेखि तातोपानी नाका बैशाख २ गतेसम्म बन्द हुने

मकवानपुर ।  तातोपानी नाका एक साताका लागि बन्द हुने भएको छ । पूर्ण रूपमा सञ्चालनको तयारीका लागि भन्दै चैत्र २८ देखि बैशाख २ गतेसम्म बन्द गर्न लागिएको नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ । दूतावासका अनुसार, दुईतर्फी कार्गो स्थानान्तरणलाई फेरि...

एकैदिन १२४ जनामा कोरोना संक्रमण पुष्टि

मकवानपुर । एकैदिन कोरोना संक्रमितको संख्या एक सय नाघेको छ । पछिल्लो २४ घण्टामा थप १२४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा २ हजार ५६६ नमुनामध्‍ये ९०३ जनाको पीसीआर...

आज पनि सिंहदरबारको फोहर नउठ्ने

मकवानपुर  ।  काठमाण्डौ महानगरपालिकाले प्रमुख प्रशासनिक थलो सिंहदरबारको फोहर आज पनि नउठाउने भएको छ । मेयर बालेन्द्र शाहको निर्देशनपछि सिंहदरबारको फोहर उठेको छैन । आज पनि फोहर नउठ्ने महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले बताउनुभयो । फोहर कहिलेदेखि उठाउने भन्ने अनिश्चित...

आजदेखि बिस्का अर्थात् बिस्केट जात्रा

मकवानपुर  ।  भक्तपुरमा आजदेखि बिस्का अर्थात् बिस्केट जात्रा सुरु हुँदैछ । तान्त्रिक विधिबाट आठ रात, नौ दिन मनाइने भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक महत्त्व रहेको बिस्का जात्रा भक्तपुर नगरपालिका वडा नम्बर ५ टौमढीमा रहेको ङातापोल तथा भैरवनाथको मन्दिर परिसरमा निर्माण गरिएको...

आज ५५ जनामा कोरोना संक्रमण पुष्टि

मकवानपुर  । आज ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १ हजार २१६ जनामा परीक्षण गर्दा ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। थप ११ जना निको हुँदा सक्रिय संक्रमितको संख्या ३९६ पुगेको...

बालकृष्ण पुडासैनी पुडासैनी मैत्री समाज मकवानपुरको पुनः अध्यक्षमा चयन

मकवानपुर । पुडासैनी मैत्री समाज मकवानपुरको अध्यक्षमा पुनः बालकृष्ण पुडासैनी चयन भएका छन् । समाजको शनिवार हेटौंडामा सम्पन्न चौथो अधिवेशनबाट अध्यक्ष बालकृष्णको नेतृत्वमा २३ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको हो । समाजको वरिष्ठ उपाध्यक्षमा दिपक पुडासैनी, उपाध्यक्षमा यतिन्द्र...

भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको कार्यालय मकवानपुरमा कार्यरत कर्मचारीले विगत चार महिनादेखि तलब पाएनन्

मकवानपुर ।  भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको कार्यालय मकवानपुरमा कार्यरत कर्मचारीले विगत चार महिनादेखि तलब पाएका छैनन् । कार्यालयमा प्राविधिक प्रशासनिकसहित स्थायी र करारका गरी २० कर्मचारी छन् । उनीहरुले गएको पुस महिनादेखि अहिलेसम्म तलब नपाएको गुनासो गरेका...

आजदेखि घटेको आन्तरिक हवाई भाडा लागू

मकवानपुर ।   घटेको आन्तरिक हवाई भाडा आज बुधवारदेखि लागू भएको छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा घटेको हो । वायु सेवा सञ्चालक सङ्घले आजदेखि लागू हुने गरी हवाई भाडा समायोजन गरेको हो । निर्णयअनुसार...

सवारी साधनको इम्बोस्ड नम्बर प्लेट नम्वर हेरफेर गर्न सरकारले स्वीकृति दिने

मकवानपुर ।  सवारी साधनको इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपिमा पनि लेख्न सकिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को अनुसूची–२ मा हेरफेर गर्न स्वीकृति दिने निर्णय गरेको छ । यसअघि इम्बोस्ड नम्बर...