आज ५५ जनामा कोरोना संक्रमण पुष्टि

बकैया दर्पण संवाददाता
२६ चैत्र २०७९, आईतवार २०:०७

मकवानपुर  । आज ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १ हजार २१६ जनामा परीक्षण गर्दा ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

थप ११ जना निको हुँदा सक्रिय संक्रमितको संख्या ३९६ पुगेको छ। तीमध्ये १३ जना संस्थागत आइशोलेशनमा, ७ जना आईसीयु र ४ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन्। गत एक दिनमा २७ हजार ९७६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

कोरोना सार्ने र सर्ने चक्र तोड्न मास्कको प्रयोग सही तरीकाले गर्नुपर्ने भन्दै मन्त्रालयले संक्रमण फैलन नदिन मास्क प्रयोग गर्न अनुरोध गरेको छ। संक्रमितले मास्क लगाउँदा अरूलाई संक्रमण सार्ने सम्भावना कम हुने भएकाले मास्कको प्रयोग गर्न भनेको हो।

साथै संक्रमण नभएकाले पनि मास्क प्रयोग गरी आफैलाई कोरोना संक्रमणबाट जोगाउन मन्त्रालयले सचेत गराएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*