आजदेखि तातोपानी नाका बैशाख २ गतेसम्म बन्द हुने

बकैया दर्पण संवाददाता
२८ चैत्र २०७९, मंगलवार ०९:५३

मकवानपुर ।  तातोपानी नाका एक साताका लागि बन्द हुने भएको छ । पूर्ण रूपमा सञ्चालनको तयारीका लागि भन्दै चैत्र २८ देखि बैशाख २ गतेसम्म बन्द गर्न लागिएको नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ । दूतावासका अनुसार, दुईतर्फी कार्गो स्थानान्तरणलाई फेरि सुरु गर्ने तयारीको लागि सिया स्वायत्त क्षेत्र जनसरकार र नेपालको स्थानीय सरकारबीच सम्झौता भएको छ ।

यससँगै कार्गो आदानप्रदान तयारीका लागि जाङ्मु र तातोपानी बन्दरगाह चैत्र २८ गतेदेखि बैशाख २ गतेसम्म अस्थायी रूप बन्द रहने पनि दूतावासले जनाएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*