सिंहदरबारमा शीर्ष नेताहरुको बैठक सुरु

मकवानपुर । संसदको गतिरोध अन्त्य गर्नेबारे छलफल गर्न राष्ट्रिय दलहरुको बैठक सुरु भएको छ । प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा सुरु भएको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनता समाजवादी पार्टीका नेताहरु सहभागी छन् ।...

त्रिशुली नदीमा काठमाडौंबाट पोखरा जाँदै गरेको बस खस्यो, ८ जनाको मृत्यु

मकवानपुर । धादिङको गजुरी–२ चालिसे भन्ने स्थानबाट त्रिशूली नदीमा यात्रु बस खस्दा ८ जनाको मृत्यु भएको छ । आठ जना घाइते भएका छन् । काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस आज बिहान सवा ११ बजे...

हर्क साम्पाङले आफूमाथि दुर्व्यवहार गरिएको भन्दै दिए प्रहरीमा उजुरी

मकवानपुर । धरानका मेयर हर्क साम्पाङले वृक्षारोपण गर्न जाँदा अवरोध गर्ने जग्गाधनीविरुद्ध आफूमाथि दुर्व्यवहार गरेको भन्दै प्रहरीसमक्ष उजुरी हालेका हुन् । मेयर साम्पाङले रोजिना अधिकारी र रोशन अधिकारीविरुद्ध जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रभु ढकालले बताए ।...

एमाले कोशी सरकारविरुद्ध फेरि अदालत जाँदै

मकवानपुर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले संविधानको हुर्मत लिएर विश्वासको मत लिएको भन्दै नेकपा एमाले बदरको मागसहित सर्वोच्च अदालत जाने भएको छ । प्रदेश नियमावली र संविधानका धारालाई छलेर थापाले जबर्जस्ती विश्वासको मत पाएको घोषणा गरिएको भन्दै अदालत...

संसद बैठक सूचना टाँसेर स्थगित

मकवानपुर । प्रतिनिधि सभाको आज बस्ने भनिएको बैठक सूचना टाँसेर भोलि ६ भदौ दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ । सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सहमत भएका शीर्ष दलका नेताहरुको बैठक बस्न नसकेपछि संसद बैठक...

शीर्ष नेताहरुको बैठकको साक्षी बस्नु भनेकै बदनाम हुनु मात्रै होः रवि लामिछाने

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शीर्ष नेताहरुको बैठकको साक्षी बस्नु भनेकै बदनाम हुनु मात्रै भएको बताएका छन् । सर्वदलीय बैठकपछि उनले अब भोलिको बैठकमा आफूहरु नजाने संकेत गरे । उनले भने, ‘शीर्ष नेताहरुको बैठकको साक्षी बस्नु...

सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समितिको मस्यौदा तयार

मकवानपुर । सुन तस्करी प्रकरण छानबिनका लागि बनाउने उच्चस्तरीय समितिको प्रारम्भिक मस्यौदा पनि तयार भएको छ । मंगलवार बिहान सिंहदरवारमा बसेको प्रमुख तीन दलका नेताहरु सम्मिलित कार्यदलले सो उच्चस्तरीय छानबिन समितिको मस्यौदा तयार पारेको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले...

चार पूर्वमन्त्रीलाई प्रतिवादी बनाउन सीआईबीको सिफारिस, भट्टराई र नेपाल साक्षी मात्र

मकवानपुर । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणमा चार पूर्वमन्त्रीलाई प्रतिवादी बनाउन सिफारिस गरेको छ । ५७ दिन लगाएर तयार गरिएको अनुसन्धान प्रतिवेदनमा सीआईबीले पूर्वमन्त्रीहरू चन्द्रदेव जोशी, विजयकुमार गच्छदार, सञ्जय साह र डम्बरबहादुर...

१७ घण्टापछि खुल्यो मुग्लिन–नारायणगढ सडक

मकवानपुर । मुग्लिन–नारायणगढ सडक खण्ड सञ्चालनमा आएको छ । हिजो सोमवार राति पहिरो खसेर बन्द भएको सडक झन्डै १७ घण्टापछि सञ्चालनमा आएको हो । हिजो राति ८ बजेतिर खसेको पहिरोका कारण पूर्णरूपमा बन्द भएको सडक पहिरो हटाएसँगै अघिदेखि (दिउँसो...

एमाले एकीकृत समाजवादीको छायाँले गर्दा सर्वदलिय बैठकमा नआएको अध्यक्ष नेपालको दाबी

मकवानपुर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एकीकृत समाजवादीको छायाँका कारण राष्ट्रपतिले बोलाएको सर्वदलिय बैठकमा नेकपा एमाले नगएको बताउनुभएको छ । मंगलवार पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एकीकृत समाजवादीको छायाँ परेकाले एमाले राष्ट्रपतिले बोलाएको सर्वदलीय...