१७ घण्टापछि खुल्यो मुग्लिन–नारायणगढ सडक

बकैया दर्पण संवाददाता
५ भाद्र २०८०, मंगलवार १४:१०

मकवानपुर । मुग्लिन–नारायणगढ सडक खण्ड सञ्चालनमा आएको छ । हिजो सोमवार राति पहिरो खसेर बन्द भएको सडक झन्डै १७ घण्टापछि सञ्चालनमा आएको हो ।

हिजो राति ८ बजेतिर खसेको पहिरोका कारण पूर्णरूपमा बन्द भएको सडक पहिरो हटाएसँगै अघिदेखि (दिउँसो १२ बजेर ५५ मिनेटमा)सञ्चालनमा आएको सडक डिभिजन भरतपुरतले जानकारी दिएको छ ।

सङ्घीय राजधानी काठमाण्डौलाई देशको पूर्वी र पश्चिम भेगसँग जोड्ने ‘लाइफलाइन’ का रूपमा रहेको यो सडक खण्ड बर्खायाम लागेसँगै पहिरोका कारण पटक–पटक बन्द हुँदै आएको छ । यो सडक हुँदै दैनिक औसतमा १० हजार वटा गाडी आउजाउ गर्ने गर्दछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*