गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : चित्रबहादुर केसी

बकैया दर्पण : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने बताएका छन्। जनमोर्चाले हिजोदेखि रत्नपार्कस्थित शान्तिवाटिकाबाट शुरु गरेको ‘गणतन्त्र तथा राष्ट्रियताको रक्षा’ नामक सप्ताहव्यापी राजधानीकेन्द्रित आन्दोलनमा उनले गणतन्त्रको विकल्प सुदृढ गणतन्त्रमात्र हुने बताए। अध्यक्ष केसीले भने,...

माइतीघर-बानेश्वर सडकमा शिक्षकहरूको सिठी जुलुस

बकैया दर्पण : शिक्षकहरुले विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै सिठी जुलुस निकालेका छन्। केही दिनयता काठमाडौं केन्द्रित प्रदर्शन गरिरहेका शिक्षकहरुले आज काठमाडौंको माइतीघरमा सिठी जुलुस निकालेका हुन्। उनीहरुले काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म सिठी बजाएर सरकारको ध्यानाकर्षण गराएका हुन्।...

बागमती प्रदेश समन्वय परिषद् निष्क्रिय

बकैया दर्पण : प्रदेश समन्वय परिषद्को बैठक समयमा नै नबस्ने र बैठक बसे पनि निर्णय कार्यान्वयन नहुँदा त्यसको प्रत्यक्ष प्रभाव स्थानीय तहलाई पर्ने गरेको छ । स्थानीय तहका नीतिगत सामञ्जस्य, रणनीतिक साझेदारी, साझा अधिकार एवं प्राकृतिक स्रोतको अधिकार बाँडफाँटलगायतका...

दंगालको हत्या आरोपमा पक्राउ परेका चार जना महिला र तीन जना पुरुष को–को हुन् ?

बकैया दर्पण : हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१६ हटियाका मिलन दंगालको हत्या आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेर अनुसंधान अगाडी बढाएको छ । यही चैत १९ गते बेलुकाको समयमा मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर–८ भुवनचुलि देउडीभञ्ज्याङ स्थित धरान चतरा सडकको...

सिन्धुलीको दुधौलीमा ईभी गाडी दुर्घटना एक जनाको मृत्यु११ घाइते

बकैया दर्पण : मदन भण्डारी लोकमार्गअन्तर्गत सिन्धुलीको दुधौली नगरपालिका-४, एकहटियामा बिहीबार ईभी गाडी र मोटरसाइकल आपसमा ठोक्किँदा ११ जना घाइते भएका छन् भने एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा सिन्धुली जिल्ला तिनपाटन गाउँपालिका-१० औलका...

बकैयाको सानोथलीमा गोठ जलेर नष्ट

बकैया दर्पण : मकवानपुरको बकैया गाउँपालिका वडा नं ४ सानो थली बेशीमा आगलागि हुदा सामान जलेर नष्ट भएको छ। सुख्खा मौसम सुरु भए सङ्गौ नजिकैको सामुदायिक बनमा लागेको डढेलो गोठ सम्म पुग्दा स्थानिय राम बहादुर स्याङ्तानको गोठ जलेको हो...

बागमतीमा सामाजिक कुरिती विरुद्ध जनचेतना कार्यक्रम

बकैया दर्पण : मकवानपुरको बागमती गाउँपालिकामा सामाजिक कुरिती विरुद्ध जनचेतना कार्यक्रम भएको छ । बुधबार जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा बागमती गाउँपालिकाको कार्यालयमा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्नुहुँदै जिसस प्रमुख ललित घलानले समाजमा अहिले पहिलाको तुलनामा कुरिती कम...

मकवानपुरको इन्द्रसरोवरस्थित सिस्नेरी खोलामा डुबेर ३ बालकको मृत्यु

बकैया दर्पण : मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने इन्द्रसरोबर गाउँपालिका–३ स्थित सिस्नेरी खोलामा डुबेर ३ बालकको मृत्यु भएको छ । आज सोमबार अपराह्न करिब साढे ४ बजे पौडी खेल्ने क्रममा ३ बालकलो डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको...

थाहामा राजाबादीको प्रदर्शन

बकैया दर्पण : राष्ट्रिय प्रजातन्त्र पार्टी थाहा नगर कमिटीले अहिले मकवानपुरको थाहा नगरपालिकामा पैदल हिडेरै विरोध प्रदर्शन गरिरहेका छन् । हातमा प्लेकार्ड बोकेर राजाबादीहरुले हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ, राजतन्त्र जिन्दाबाद, राज्य आतंक बन्द गर, मान्छे...

पत्रकार हत्यामा संलग्नलाई कारबाही गर्न पत्रकार महासंघको माग, मुख्यमन्त्री र प्रजिअलाई बुझायो ज्ञापनपत्र

बकैया दर्पण : नेपाल पत्रकार महासंघ बागमती प्रदेश समिति र जिल्ला शाखा मकवानपुरले पत्रकार हत्यामा संलग्नलाई कारबाही गर्न माग गरेको छ । पत्रकार महासंघ बागमती प्रदेश समितिका उपाध्यक्ष हरि प्रसाद हुमागाईले प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङ र महाँसंघ...