बकैयाको सानोथलीमा गोठ जलेर नष्ट
बकैया दर्पण : मकवानपुरको बकैया गाउँपालिका वडा नं ४ सानो थली बेशीमा आगलागि हुदा सामान जलेर नष्ट भएको छ।

सुख्खा मौसम सुरु भए सङ्गौ नजिकैको सामुदायिक बनमा लागेको डढेलो गोठ सम्म पुग्दा स्थानिय राम बहादुर स्याङ्तानको गोठ जलेको हो ।

स्याङतानका अनुसार आज दिउँसो करिब ३ बजेतिर बन बाट आएको डढेलो नियन्त्रण गर्न नसकेपछि गोठमा आगो लागेको थियो ।
गोठमा लगाउने कपडा राखिएको थियो त्यो पनि जलेर नष्ट भएको छ भने गोठमा बाधेको गाई गोरु फुकालेर भगाउन सफल भएको तर ,गोठमा प्रयोग हुने सबै सामान काम नलाग्ने गरि जलेर नष्ट भएको वडा नं ४ का अध्यक्ष बिजय भोलनले जानकारी दिनु भयो ।
