उम्मेदवारी मनोनयन दर्ता देशैभर शुरू

मकवानपुर । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि देशैभरबाट मनोनयन दर्ता शुरू भएको छ । निर्वाचन आयोगले आज बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मनोनयनको समय तोकेको छ। यसका लागि उम्मेदवारहरु मनोनयन दर्ता...

एमालेको सचिवालय बैठक आज

मकवानपुर । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बस्नेछ । बैठकको एजेन्डाबारे जानकारी गराइएको छैन । तर, यही असोज २३ गते प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फको...

गठबन्धनमा सिट बाँडफाँट सहमतिनजिक

मकवानपुर । पाँच दलीय सत्ता गठबन्धनबीच सिट बाँडफाँटको गृहकार्य अन्तिम चरणमा पुगेको छ । असोज १६ भित्र समानुपातिकतर्फका उम्मेदवारको प्रारम्भिक सूची संशोधनको अन्तिम समयसीमा रहेको र असोज २३ गते प्रत्यक्षतर्फको मनोनयनको समय रहेकाले गठबन्धनका मुख्य दलहरू पूर्ववत् अडानबाट पछि...

निर्वाचन आचारसंहिता आजदेखि लागू

मकवानपुर । मंगलबार रातिदेखि निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू गरेको छ । आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनका लागि आचारसंहिता लागू गरिएको हो । निर्वाचनमा भाग लिने राजनीतिक दलदेखि कर्मचारी, सेना, प्रहरी, विद्यालयका शिक्षक, प्राध्यापक लगायत...

कुन निर्वाचन क्षेत्रका उमेदवारले कति खर्च गर्न पाउने ? (आयोगको प्रस्ताव पूर्णपाठसहित)

मकवानपुर । आसन्न प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा उमेदवारहरूको प्रचारप्रसार खर्च सीमाबारे निर्वाचन आयोगमा छलफल जारी छ । छलफलमा प्रदेशसभा र प्रतिनिधिसभामा प्रतनिधित्व गर्ने १२ दलका प्रतिनिधि सहभागी छन् । आयोगले खर्च सीमा बढाउने प्रस्ताव गरेको छ । निर्वाचन...

अब राप्रपाका वरिष्ठ उपाध्यक्षमा रवीन्द्र मिश्र

मकवानपुर । विवेकशील साझा पार्टीका पूर्वसंयोजक रवीन्द्र मिश्र वरिष्ठ उपाध्यक्ष बनेर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गर्ने हुनुभएको छ । उहाँ बुधबार काठमाडौंमा एक औपचारिक कार्यक्रममार्फत राप्रपामा प्रवेश गर्न लाग्नुभएको हो। राप्रपा प्रचार विभाग प्रमुख तथा प्रवक्ता मोहन श्रेष्ठका...

निर्वाचन आयोगले उम्मेदवारको खर्चबारे दलहरुसँग छलफल गर्दै

मकवानपुर । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारहरूले गर्ने खर्चको सीमाबारे आज मंगलबार राजनीतिक दलहरूसँग छलफल गर्दैछ । प्रतिनिधि सभा र प्रदेश सभामा प्रतिनिधित्व गर्ने १२ दलका प्रतिनिधिलाई खर्च सीमाबारे छलफल गर्न आयोगले बोलाएको छ । २०७४...

यस्तो छ कांग्रेसको समानुपातिक बन्दसूची

नेपाली कांग्रेसले कांग्रेस समानुपातिक उम्मेदवारको बन्दसूची सार्वजनिक गरेको छ। बन्दसूचीको १ नम्बरमा विमलेन्द्र निधि रहनुभएको छ । यस्तै प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणादेखि गृहमन्त्री बालकृष्ण खाण पत्नी मन्जु खाणसम्मको नाम समावेश छ। उक्त बन्दसूची सार्वजनिक...

एमाले मधेसमा पहिलो शक्ति बन्ने ओलीको दाबी

मकवानपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ता गठबन्धनले विगतमा मधेसका जनताको हत्या गरेर एमालेलाई मधेसमा पस्न नदिएको आरोप लगाउनुभएको छ । आफू प्रधानमन्त्री भएपछि मधेसमा विकासको थालनी भएका कारण उनीहरू आत्तिएको ओलीको आरोप छ । धनुषाको...

आज दलहरुसँग निर्वाचन आयोगले छलफल गर्दै

मकवानपुर । निर्वाचन आयोगले राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग आज आइतबार छलफल गर्ने भएको छ । प्रतिनिधि सभा र प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग चुनाव लक्षित छलफल गर्न लागिएको आयोगले जनाएको छ । आयोगका प्रवक्ता...