आफ्नै मूख्यालय धितो राखेर ३ अर्ब रुपैयाँ ऋण लिंदै आयल निगम

बकैया दर्पण संवाददाता
१५ असार २०७९, बुधबार १०:१९

मकवानपुर । नेपाल आयल निगमले इण्डियन आयल कर्पोरेसनलाई इन्धन खरिदको रकम भुक्तानी गर्न आफ्नै मूख्यालय धितो राखेर ऋण लिने भएको छ । अर्थ मन्त्रालयले निगमलाई काठमाडौंको टेकुस्थित मुख्यालयले चर्चेको सबै जग्गा धितोमा राखेर ३ अर्ब रुपैयाँ ऋण लिन स्वीकृति दिएको हो । निगमले अब २९ रोपनी जग्गा राष्ट्रिय वाणिज्य बैंकमा धितो राखेर ३ अर्ब रुपैयाँ ऋण लिने भएको छ भने त्यसमा अर्थ मन्त्रालय जमानी बस्ने सहमति पनि भएको छ ।

अर्थ मन्त्रालयले राष्ट्रिय वाणिज्य बैंकलाई धितोमा ऋण प्रवाह गर्न निर्देशन समेत दिएको छ । निगमले आज बुधबारदेखि जग्गा धितो राखेर ऋण लिने प्रक्रिया अघि बढाउने बुझिएको छ । अर्थमन्त्री जर्नादन शर्मा, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बडु, अर्थ, उद्योग र वाणिज्य मन्त्रालयका सचिवहरु, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र निगमका कार्यकारी निर्देशक सहभागी बैठकले उक्त निर्णय गरेको हो ।

त्यसैगरी वैठकले अर्थ मन्त्रालयबाट भ्याट फिर्ता वापत निगमले पाउनु पर्ने ५ अर्ब रुपैयाँ पनि तत्काल उपलब्ध गराउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । बैठकमा आपूर्ति मन्त्री बडुले निगमले पेट्रोलियम पदार्थमा घटाएको मूल्य बापतको कर मिलान गर्न तथा मासिक १० अर्ब रुपैयाँको घाटाको शोधभर्नाका लागि अर्थ मन्त्रालयको ध्यानाकर्षण गराउनुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*