बलात्कार गरेको आरोपमा मकवानपुरका युवक पक्राउ

बकैया दर्पण संवाददाता
६ असार २०७९, सोमबार १६:००

मकवानपुर । मकवानपुर प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मनहरी गाउँपालिका वडा नम्वर ६ नयाबस्ती बस्ने २६ वर्षीय कान्छामान रुम्बा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
रुम्बालाई २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको ईलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी सुनाचुरीबाट खटिएको प्रहरीले आइतबार साँझ पक्राउ जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

रुम्बामाथि ती महिलालाई ब्रम्हदेबी सामुदायिक जंगलको कुलोमा लगेर जबरजस्ती करणी गरेको आरोप छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*