गाडी भाडा फेरि बढ्यो

बकैया दर्पण संवाददाता
६ असार २०७९, सोमबार १३:५०

मकवानपुर । यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थको मूल्य बढेसँगै सार्वजनिक गाडीको भाडा पनि बढाएको छ । विभागले अन्तरप्रदेश यात्रुबाहक तथा मालबाहक गाडीमा अधिकतम ७‍.७ प्रतिशतले भाडा बढाएको हो ।

विभागले जारी गरेको सूचनाअनुसार यात्रुवाहक सार्वजनिक सवारी साधनमा ५.३० प्रतिशतले भाडा बढेको छ । पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा ६.९४ तथा तराईको बाटोमा चल्ने मालबाहक सवारीमा ७.७ प्रतिशतले भाडा वृद्धि भएको छ ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै बढाएको छ । गएराति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर समान २७ रुपैयाँ मूल्यवृद्धि गरेको हो । एकैपटक यति धेरै मूल्यवृद्धि गरिएको यो पहिलोपटक हो। खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ ।

अब पेट्रोल प्रतिलिटर १ सय ९९ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल प्रतिलिटर १ सय ९२ पुगेको निगमले जनाएको छ । ग्यास सिलिण्डर भने निगमले १८ सय रुपैयाँमा बिक्री गरिरहेको छ। निगमले जेठ २६ गते पेट्रोलमा प्रतिलिटर ८, डिजेल र मट्टितेलमा १२ रुपैयाँ मूल्य बढाएको थियो ।

प्रेट्रोलियम पदार्थको मूल्यवृद्धिसँग यसअघि पनि भाडा बढेको थियो ।

कहाँ पुगेको भाडादर कति ?
सवारी भाडादर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*