जनताले धान्नै नसक्नेगरी पेट्रोलियम पदार्थमा मूल्यवृद्धि

पेट्रोल प्रतिलिटर १९९ तथा डिजेल र मट्टीतेल १९२ रुपैया
बकैया दर्पण संवाददाता
६ असार २०७९, सोमबार १०:१०

मकवानपुर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा जनताले धान्नै नसक्ने गरी मूल्य वृद्धि गरेको छ । आइतबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो ।
निगमले पेट्रोलमा प्रतिलिटर २१ रुपैंया तथा डिजेल र मट्टीतेलमा २७ रुपैंया बढाएको छ । अब पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १९९ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १ सय ९२ रुपैंया कायम भएको छ ।
यसैगरी, हवाई इन्धनको मूल्य आन्तरिकतर्फ रु १९ ले वृद्धि गरी प्रतिलिटर १८५ रुपैंया तथा बाह्यतर्फ अमेरिकी डलर १०० ले वृद्धि गरी प्रतिकिलो लिटर १६ सय ४५ डलर कायम गरिएको छ । निगमले एलपी ग्यासको खुद्रा मूल्य भने हाललाई यथावत नै राखिएको जनाएको छ । मूल्यवृद्धि गर्दा पनि निगमलाई घाटा हुने दावी पनि गरिएको छ ।
oil

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*