५ ग्राम खैरो हिरोइनसहित मकवानपुरबाट पक्राउ

बकैया दर्पण संवाददाता
५ असार २०७९, आईतवार १५:५९

मकवानपुर । प्रहरीले ५ ग्राम लागू औषध खैरो हिरोइनसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौडा उप-महानगरपालिका-१ चाइनाक्वाटर बस्‍ने ३४ वर्षीय निराजन घिमिरे रहेका छन् । प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा उनलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*