पेट्रोलियम पदार्थको मूल्य घट्यो

बकैया दर्पण संवाददाता
२० जेष्ठ २०७९, शुक्रबार १०:१७

मकवानपुर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले डिजल, पेट्रोल र मट्टीतेलको मूल्य प्रतिलिटरमा १०/१० रुपैयाँले घटाउने निर्णय गरेको हो ।
अर्थ मन्त्रालयले पूर्वाधार कर घटाएर मूल्य समायोजन गर्न लिखित निर्देशन दिएपछि बिहीबार बैठक बसेर सो निर्णय गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

सरकारले पेट्रोलियम पदार्थमा लाग्ने प्रतिलिटर १० रुपैयाँ पूर्वाधार कर घटाएपछि मूल्य समायोजन भएको हो । बजेट वक्तव्यमार्फत नै सरकारले पेट्रोलमा लगाएको कर घटाउने घोषणा गरेको थियो । यससँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य १५३ रुपैयाँ पर्नेछ । निगमले खाना पकाउने ग्याँस र हवाई इन्धनको मूल्य भने घटाएको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*