फेरी बढ्यो इन्धनको मूल्य

बकैया दर्पण संवाददाता
९ जेष्ठ २०७९, सोमबार १०:१८

मकवानपुर । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी मूल्य वृद्धि गरेको हो । निगमले फेरी पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाएको छ भने ग्यासको मूल्य प्रतिसिलिन्डर २०० रुपैयाँ वृद्धि गरेको छ ।

निगमले ग्यासको मूल्य बढाएर प्रतिसिलिन्डर १ हजार ८०० रुपैयाँ बनाएको छ । यस्तै, पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ पर्नेछ । यसैगरी, हवाई इन्धन (अन्तरिकतर्फ) को १० रुपैयाँ बृद्धि गरेर प्रतिलिटर १६६ रुपैयाँ तोकिएको आयल निगमले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*