हेटौंडा उपमहानगरमा पूर्व एमाले अघिअघि एमाले पछिपछि

बकैया दर्पण संवाददाता
५ जेष्ठ २०७९, बिहीबार ११:३७

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट मेयर उम्मेदवार बनेकी नेकपा ९एकीकृत समाजवादी० की मीनाकुमारी लामाले अग्रता कायम नै राख्नु भएको छ ।
५१ हजार १११ मतको गणना सकिँदा लामाले १५ हजार ८२६ मत प्राप्त गर्नुभएको छ । यस्तै, नेकपा एमालेका अनन्त पौडेलले १४ हजार ९७६ मत तथा राप्रपाका दिपक बहादुर सिंहले १४ हजार ४१७ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी उपप्रमुख पदमा गठबन्धनका नेपाली कांग्रेसका राजेश बानियाँले २३ हजार २ मत प्राप्त गर्नुभएको छ भने एमालेकी सुमित्रा काफ्लेले १६ हजार ७३५ मत तथा राप्रपाकी इन्दिरा नेउपानेले ३ हजार ५९४ मत प्राप्त गर्नुभएको छ ।
मुख्य निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार हाल वडा नं ७, ८, १३ र १४ नं। को मतगणना भइरहेको र अब बाँकी रहेको वडा नं ९, १०, ११, १२ नं। को मतगणना सुरु हुने जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*