बकैया गाउँपालिकामा गठबन्धन विजयी

बकैया दर्पण संवाददाता
५ जेष्ठ २०७९, बिहीबार ११:२७

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकाको स्थानीय निर्वाचनमा गठबन्धन विजयी भएको छ ।

आज बिहान सम्पन्न मतगण्ना अनुसार गाउँपालिका अध्यक्षमा गठबन्धनबाट नेपाली कांगेसका धर्मराज लामिछाने ११ हजार २९२ मत सहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेकी सरला बोलखेले ७ हजार ६६ मत ल्याईन् ।

यसैगरि,अध्यक्षमा राप्रपाका राम प्रसाद दाहालले ३६९ मत,नेकपा एकिकृत समाजबादीका नारायण प्रसाद तिमल्‍सिनाले १३२ मत,जनता समाजवादी पार्टी, नेपालका मान बहादुर माझीले १२४ मत र नेकपा मालेका कुमार बहादुर संजेलले २६ मत ल्याए ।

यसैगरि,उपाध्यक्षमा गठबन्धनबाट नेकपा माओवादीका भक्त बहादुर खत्री ९ हजार ५२२ मत सहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका लाल बहादुर स्याङ्तानले ७ हजार ६५२ मत ल्याए । यसैगरि,उपाध्यक्षमा राप्रपाकी सावित्री राईले ४६४,जनता समाजवादी पार्टी, नेपालकी मिरा वाईवाले ८० र नेकपा एकिकृत समाजबादीकी उर्मिला राईले ६५ मत ल्याईन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*