बकैयामा अध्यक्ष पदमा गठबन्धनका लामीछानेको अग्रता कायम

बकैया दर्पण संवाददाता
२ जेष्ठ २०७९, सोमबार ०९:२६

मकवानपुर । बकैया गाउँपालिकामा गठबन्धनका अध्यक्ष पदका उम्मेदवार धर्म लामीछानेले अहिलेसम्म अग्रता कायम राखेका छन् ।
हालसम्म ६ वटा वडाहरुको मत परिणाम सार्वजनिक हुदा नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार सरला बोलखेलाई पछि पार्दै अगाडि बढेका हुन् ।
बकैयाका १, २, ६, १०, ११ र १२ को मत परिणाम सार्वजनिक हुदाँ गठबन्धनका अध्यक्ष पदका उम्मेदवार धर्म लामिछानेले ४३३० प्राप्त गर्दा नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार सरला बोलखेले २८३४ मत सहित पछ्याईरहेकी छिन् ।

यसैगरी उपाध्यक्ष पदमा पनि गठबन्धनका उपाध्यक्ष पदका उम्मेदवार भक्त बहादुर खत्रीले अग्रता कायम गरीरहेका छन् । उनले ३७१३ मत प्राप्त गर्दा नेकपा एमालेका उपाध्यक्ष पदका उम्मेदवार लाल बहादुर स्याङ्तानले २९८५ मत सहित पछ्याईरहेका छन् ।
हाल बकैया ८ को मत गणना कार्य भइरहेको निर्वाचन अधिकृतको कार्यालय बकैयाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*