हेटौंडामा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

बकैया दर्पण संवाददाता
२७ बैशाख २०७९, मंगलवार ११:००

मकवानपुर । मकवानपुरको हेटौंडामा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

सोमबार राति हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ शिखरपानीस्थित भित्री सडकमा ना ४६ प २२७७ नम्बरको मोटरसाइकलको ठक्करबाट स्थानीय अन्दाजी ५५ वर्षिया मनमायाँ पाख्रिनको मृत्यु प्रहरीले जनाएको छ ।

पाख्रिन मोटरसाइकलको ठक्कबरबाट गम्भिर घाइते भएकी थिइन् ।

उनको उपचारको क्रममा हेटौंडा चुरेहिल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए ।

ठक्कर दिने मोटरसाइकल र चालक निणन्त्रणमा रहेको प्रवक्ता कार्कीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*