सुनको मूल्य १२ सय बढ्यो

बकैया दर्पण संवाददाता
१६ बैशाख २०७९, शुक्रबार १०:५९

मकवानपुर । साताको छैठौं दिन आज शुक्रबार बजारमा सुनको मूल्य बढेको छ भने चाँदी चाहिँ स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार १२ सयले बढेर ९९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य भने शुक्रबार स्थिर रहेर १ हजार ३ सय २० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*