भारतले पठायो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची, पेट्रोलकाे मूल्य ४ रुपैयाँ घट्यो

बकैया दर्पण संवाददाता
५ बैशाख २०७९, सोमबार १६:३०

मकवानपुर । भारतीय आयल कर्पोरेसन(आईओसी)ले नेपालमा पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । अप्रिल १६ मा पठाएको मूल्यसूची अनुसार पेट्रोलको प्रतिलिटर ४ रुपैयाँ ७९ पैसा घटेको छ । डिजेल र हवाई इन्धनको मूल्य भने बढेको नेपाल आयल निगमले जनाएको छ ।

पेट्रोलको मूल्य घटे पनि डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँ २ पैसा र हवाई इन्धनमा प्रतिलिटर ०.३८ पैसा बढेको निगमका सहायक प्रवक्ता पुस्कर कार्कीले जानकारी दिनुभयो ।

उहाँले नयाँ मूल्य र हालको खपत तथा मूल्य अनुसार विश्लेषण गर्दा निगमलाई अबको १५ दिनमा करिब ४ अर्ब ६९ करोड नोक्सान रहेको बताउनुभयो ।

यसअघि चैत महिनामा (अप्रिल १) मा पनि आईओसीले मूल्यसूची पठाएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*