बकैया–८ मा सोनाम ल्होछारको अवसरमा शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रम आयोजना हुँदै
बकैया,मकवानपुर – “संसारभरिका तामाङहरू एक होऔं, तामाङ संस्कृतिलाई जगेर्ना गरौं” भन्ने मूल नाराका साथ मञ्जुश्री संवत् २१६१ ता ल्हो (घोडा वर्ष) सोनाम ल्होछारको पावन अवसरमा शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ।
कार्यक्रम मिति २०८२ साल माघ २७ गते, दिउँसो २:०० बजे मकवानपुर जिल्लाको बकैया गाउँपालिका वडा नं. ८ अन्तर्गत बस्तिपुर, कैचलेमा सञ्चालन हुने आयोजक नेपाल तामाङ घेदुङ बकैया गाउँपालिका वडा नं. ८ संजय कुमार लोप्चनले जानकारी दिएको छ।
उक्त कार्यक्रममा ख्यातिप्राप्त तामाङ कलाकारहरूको विशेष प्रस्तुति रहनेछ भने तामाङ भाषा, कला, संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा जोड दिइने आयोजकले जनाएको छ।
कार्यक्रम समन्वय बकैया गाउँपालिका वडा नं. ८, किर्नेबजार, मकवानपुरले गर्नेछ भने मिडिया पार्टनरमार्फत कार्यक्रमको प्रत्यक्ष प्रचार–प्रसार गरिनेछ।
आयोजकले सम्पूर्ण तामाङ समुदाय तथा स्थानीयवासीलाई कार्यक्रममा सहभागी भई सोनाम ल्होछारको उत्सवलाई भव्य रुपमा सफल बनाउन आग्रह गरेको छ।
