हेटौंडा–८ स्थित साबुन स्टोरमा विद्युत सर्ट भई आगलागी

बकैया दर्पण संवाददाता
१२ माघ २०८२, आईतवार ०६:४०

मकवानपुर – इ.प्र.का. पशुपतिनगर मकवानपुरका अनुसार मिति २०८२।१०।१० गते राति करिब २३:५० बजेको समयमा मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको माहाशक्ति साबुन कम्पनीको स्टोर रुममा आगलागी भएको छ।

जस्ता पाताबाट बनेको उक्त स्टोर रुममा रहेको बिजुलीको तार सर्ट भई आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ।
सूचना प्राप्त हुनासाथ इ.प्र.का. पशुपतिनगर मकवानपुरको प्रहरी टोली, सशस्त्र प्रहरी बल नेपाल १४ नं. गण हे.क्वा. हेटौंडाको संयुक्त टोली, हेटौंडा उपमहानगरपालिकाका २ वटा दमकल तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रण गर्ने कार्य गरिएको हो।

आगलागीबाट कुनै मानवीय तथा पशु चौपाया क्षति नभएको जनाइएको छ भने हालसम्म क्षतिको विस्तृत विवरण खुल्न सकेको छैन।घटनास्थल इ.प्र.का. पशुपतिनगर मकवानपुरबाट करिब ५०० मिटर पूर्व–दक्षिणतर्फ पर्दछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*