बकैया जेसीज २०२६ को अध्यक्षमा आशिष बास्तोला पदस्थापित

बकैया दर्पण संवाददाता
११ माघ २०८२, शनिबार ११:१२

बकैया,मकवानपुर – बकैया जेसीज वर्ष सन् २०२६ को अध्यक्षमा आशिष बास्तोला पदस्थापित भएका छन्। शुक्रबार सम्पन्न जेसीजको चौथो पदस्थापन कार्यक्रमकाबीच सन् २०२५ का अध्यक्ष सौभाग्य दुतराजले बास्तोलालाई अध्यक्षको माला (चेन) हस्तान्तरण गर्दै पदस्थापित गराएका हुन्।
नव–पदस्थापित अध्यक्ष बास्तोलाले कानूनी सल्लाहकारमा सुशील घिमिरे, महासचिवमा विवेक बोलखे, कोषाध्यक्षमा विष्णु घिमिरे, सचिवमा समिर कार्की, शाखा सम्पादकमा पवन मिश्र, जनसम्पर्क अधिकारीमा सुनिल राउत, मिडिया समन्वय प्रमुखमा लक्ष्मण राई तथा प्रकरण निर्देशकमा कमल तिमल्सिनालाई मनोनित गरेका छन्।
यसअघि सम्पन्न बकैया जेसीजको साधारणसभाबाट कार्यकारिणी उपाध्यक्षमा सुनिल बम्जन र सरोज ढुंगेल तथा उपाध्यक्षमा निरजकुमार जैसवाल, शिवप्रसाद बोलखे, रामकृष्ण घोरासैनी र सुरज दुलाल सर्वसम्मत चयन भएका थिए।
अध्यक्ष बास्तोलाले आफ्नो कार्यकालमा नेतृत्व तथा व्यक्तित्व विकाससँगै सामाजिक सेवामार्फत नमूनालायक कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे। नयाँ शाखा भएकाले तालिम र क्षमता अभिवृद्धिका कार्यक्रममार्फत युवाहरूलाई जेसीजप्रति आकर्षित गर्दै अघि बढ्ने उनले बताए।
बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल जेसीजका निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष स्वप्ना पौडेल भण्डारी, निरुपित राष्ट्रिय उपाध्यक्ष खगेन्द्र भण्डारी, हेटौंडा जेसीज अध्यक्ष सन्तोष पराजुली, बकैया जेसीजका संस्थापक अध्यक्ष रमेश फुयाँल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*