हात्तीसुँडे डिप बोरिङ खानेपानी उपभोक्ता समितिद्वारा खानेपानी समस्या समाधान

बकैया दर्पण संवाददाता
१० माघ २०८२, शुक्रबार ०८:४२

बकैया मकवानपुर : बकैया गाउँपालिका–३ स्थित हात्तीसुँडे डिप बोरिङ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले लामो समयदेखि देखिँदै आएको खानेपानीको समस्या समाधान गर्न उल्लेखनीय काम गरेको छ।

समितिले ठेक्का प्रक्रियामार्फत हात्तीसुँडे, जितदमार र घ्याम्पे क्षेत्रमा कुल ८ हजार १० मिटर शाखा पाइपलाइन विस्तार गरी खानेपानी आपूर्ति सुधार गरेको हो। यस विस्तारपछि ती क्षेत्रका उपभोक्ताहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।

त्यसैगरी, बकैया–३ अन्तर्गत पर्ने पिप्ले, बाग्मारा र पाख्रीनडाँडा क्षेत्रमा पनि खानेपानीको समस्या रहेकोमा समितिले आफ्नै कोषबाट थप २ हजार १ सय ६० मिटर पाइपलाइन विस्तार गरेको छ। यस पहलबाट ती क्षेत्रका उपभोक्ताहरूको खानेपानी समस्या समाधान भएको समितिको अध्यक्ष पुष्पराज गौतमले बताउनुभयो।

स्थानीय तह र उपभोक्ताको सहकार्यमा गरिएको यो कामले बकैया–३ मा सुरक्षित र सहज खानेपानी पहुँचमा महत्वपूर्ण योगदान पुर्‍याएको स्थानीयवासीहरूले बताएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*