बकैया–७ मा वडा स्तरीय चित्रकला प्रतियोगिता, खेलकुद सामग्री वितरण तथा अभिभावक सचेतना कार्यक्रम सम्पन्न

बकैया दर्पण संवाददाता
१० माघ २०८२, शुक्रबार ०६:५१

बकैया,मकवानपुर – मकवानपुरको बकैया गाउँपालिका वडा नं. ७ घमनटोलस्थित हात्तिचरण आधारभूत विद्यालयमा हिजो बिहीबार वडा स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामप्रसाद तिमल्सिनाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा बकैया गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष मानबहादुर सिङतान प्रमुख अतिथिका रूपमा उपस्थित रहनु भएको थियो।


कार्यक्रममा विशिष्ट अतिथिका रूपमा स्तर बेन्जामिन संस्थाका बुद्धवीर लामा तथा हात्तिचरण सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पोषबहादुर घिमिरे रहनु भएको थियो। त्यस्तै, माटाकोरी आधारभूत विद्यालयका विविस अध्यक्ष पावनसिंह गुरुङ, हात्तिचरण सामुदायिक वन उपभोक्ता समूहका सचिव कुन्साङ स्याङतानलगायतको उपस्थिति रहेको थियो।


चित्रकला प्रतियोगितामा सहभागी विभिन्न विद्यालयहरूमध्ये ज्ञानप्राप्त आधारभूत विद्यालय, मामदमार प्रथम, तिनकन्या आधारभूत विद्यालय, कत्लेखोला द्वितीय, पशुपति आधारभूत विद्यालय, हिरामुनी तृतीय तथा माटाकोरी आधारभूत विद्यालय, हर्दा सान्त्वना स्थान हासिल गर्न सफल भएका छन्।


साथै, स्तर बेन्जामिन संस्थाको आयोजनामा अभिभावक सचेतना कार्यक्रम तथा हात्तिखोला युवा क्लबद्वारा खेलकुद सामग्री वितरणसमेत गरिएको थियो।


राजकुमार तिम्सिनाले सञ्चालन गर्नु भएको उक्त कार्यक्रमले विद्यार्थीहरूको सिर्जनात्मक क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण सहयोग पुग्ने आयोजकले बताएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*