इन्द्रसरोवरमा बोलेरो दुर्घटना, तीन जना घाइते

बकैया दर्पण संवाददाता
९ माघ २०८२, बिहीबार ०६:२६

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सिमखोला पुल नजिक भिमफेदी–कुलेखानी–काठमाण्डौ सडकखण्डमा बोलेरो पिकअप गाडी दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।

मिति २०८२ माघ ८ गते राति करिब १ बजे, सर्लाहीबाट काठमाण्डौ तर्फ जाँदै गरेको म.प्र.०३–००१ च ६७२१ नम्बरको कुखुरा लोड बोलेरो ब्रेक फेल भई अनियन्त्रित भएर सडकबाट करिब ५–७ मिटर तल खोल्सामा खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा एक जना गम्भीर, एक मध्यम र चालक सामान्य घाइते भएका छन्। घाइते तीनै जनालाई उद्धार गरी उपचारका लागि काठमाण्डौ पठाइएको छ।

दुर्घटनामा बोलेरोमा लोड गरिएका ५ सय कुखुरामध्ये करिब ३ सय मरेका छन् भने गाडीमा क्षति पुगेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*