७ औं बकैया कप २०८२: महिला तर्फ वडा नं–३ को शानदार जित, रेनुका बल ‘म्यान अफ दी म्याच’
बकैया,मकवानपुर – मकवानपुरको बकैया गाउँपालिकामा सञ्चालित ७ औं बकैया कप २०८२ अन्तर्गत आज दोस्रो दिन महिला तर्फको खेल सम्पन्न भएको छ। आज बिहान भएको खेलमा वडा नं–३ र वडा नं–४ बीच प्रतिस्पर्धा भएको थियो।
खेलको पहिलो हाफमा वडा नं–३ की खेलाडी रेनुका बल ले उत्कृष्ट प्रदर्शन गर्दै १ गोल गरिन् र आफ्नो टिमलाई अग्रता दिलाइन्। दोस्रो हाफमा पुनः वडा नं–३ की सबिना भोम्जन ले गोल गर्दै टिमको अग्रता २–० मा पुर्याइन्। अन्ततः खेल वडा नं–३ ले २–० को जित हात पार्न सफल भयो।
उत्कृष्ट खेल प्रदर्शन गरेकी वडा नं–३ की रेनुका बल लाई आजको खेलको ‘म्यान अफ दी म्याच’ घोषित गरिएको छ।
त्यसैगरी आज दिउँसो पुरुष तर्फका खेलहरू पनि हुनेछन्। दिउँसो १ बजे वडा नं–१० र वडा नं–२ बीच खेल हुनेछ भने, तेस्रो तथा अन्तिम खेल दिउँसो ३ बजे वडा नं–९ र वडा नं–६ बीच हुने तालिका रहेको छ।

आयोजक समितिका संयोजक विजय लामा थिङ का अनुसार, भोलि ल्होछार कार्यक्रम रहेकाले भोलि महिला तर्फ वडा नं–७ र वडा नं–५ बीचको खेल मात्र बिहान ७ बजे हुने जानकारी दिनुभएको छ।
७ औं बकैया कपले स्थानीय खेलकुद विकाससँगै खेलाडीहरूको प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेलिरहेको आयोजकको भनाइ छ।
